जगदम्बा मोटर्सको एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न, काठमाडौंदेखि भोटेचौरसम्म गरियो राइड

बिजमाण्डू
२०७९ जेठ १८ गते ११:१६ | Jun 1, 2022

काठमाडौं। जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्म एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइड सम्पन्न गरेको छ।

Tata
GBIME
Nepal Life

गत शनिबार आयोजना भएको उक्त राइड महालक्ष्मीस्थानमा रहेको टीभीएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो। राइडमा सहभागीहरुबीच विभिन्न खेलहरु खेलाइएको थियो। साथै विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ।

राइडमा टीभीएस एनटर्कका ७० जना राइडरहरुका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापामगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो। साथै नेपालका प्रसिद्ध महिला बडीबिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडीबिल्डर अमितचन्द्र आर्या र कलाकारहरु उषा उप्रेती र विपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सका मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिए।

टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए। राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको थियो। नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो।