प्रि-ओपनिङमा सेयर बजार राताम्मे, कारोबारमा आएकामध्ये ५ कम्पनीको घट्यो सेयर मूल्य



२०७९ जेठ १७ गते ११:२०
प्रि-ओपनिङमा सेयर बजार राताम्मे, कारोबारमा आएकामध्ये ५ कम्पनीको घट्यो सेयर मूल्य


काठमाडौं। साताको दास्रो कारोबारी दिन मंगलबार प्रि-ओपनिङ सेसनमा नेप्से घटेको छ। कारोबारमा आएका ६ मध्ये ५ कम्पनीको सेयर मूल्य घटेको हो। एउटा कम्पनीको सेयर मूल्य स्थिर छ। 

TATA
GBIME

साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट समयावधिमा ६ कम्पनीको २५६ कित्ता सेयर किनबेच हुँदा १ लाख २९ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।  

यस अवधिमा नेप्से १ं.४३ अंकले घट्दा परिसूचक २ हजार १७२.०१ अंकमा पुगेको छ। मंगलबार प्रि-ओपनिङ सेसनमा नै लगानीकर्ता निराश बनेका छन्। आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक भए लगत्तै सोमबार खुलेको सेयर बजारमा फराकिलो अंकको गिरावट देखिएको छ। 

साताको सुरुवाती कारोबारी दिन सोमबार नेप्से परिसूचकले ५०.३३ अंक गुमाइ  २१७३.४४ को विन्दुमा ओर्लिन पुगेको थियो। 

यस्तै आज प्रि-ओपनिङमा आशा लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको ३८ हजार ४७१ रुपैयाँ बराबरको कारोबार भएको हो ।


Sunrise Bank