विद्युत प्राधिकरणले प्रिमियममा सेयर जारी गर्ने, ऊर्जा क्षेत्रलाई ७५ अर्ब १० करोड बजेट



२०७९ जेठ १५ गते १८:०४

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पनि सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगिने अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै बताएका हुन्।

Tata
GBIME

प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको सन्दर्भमा प्रिमियम सहितको सेयर जारी गर्ने उनले बताएका हुन् । 

उक्त सेयरबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण लगायत ऊर्जा पूर्वाधार निमार्णमा लगानी गरिने बताइएको छ। 

साथै, ऊर्जा क्षेत्रको विकासका लागि आगामी आवका लागि कुल ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको पनि शर्माले बताए। 

 


Sunrise Bank