मन्त्री र सांसदबीचको जुहारीले शुक्रबार आर्थिक सर्वेक्षण आउन सकेन, शनिबार सार्वजनिक हुने

बिजमाण्डू
२०७९ जेठ १३ गते १५:३५ | May 27, 2022

काठमाडौं। एमाले सांसद र मन्त्रीबीच जुहारी चलेपछि आर्थिक सर्वेक्षण शनिबार मात्रै प्रतिनिधिसभामा पेश हुने भएको छ। 

Tata
GBIME
Nepal Life

सभामुख अग्नि सापकोटाले कार्यसूचीबाट हटाएपछि शुक्रबारका लागि तोकिएको भाका टरेको हो। शनिबार प्रतिनिधि सभामा पेश गरेर सार्वजनिक गर्न लागिएको छ। राष्ट्रिय सभामा भने आइतबार ३ बजे पेश हुने बताइएको छ। आइतबार चार बजे आगामी आर्थिक बर्ष (२०७९/०८०) को  बजेट सार्वजनिक हुँदैछ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले सार्वजनिक महत्वका विषयमा बोल्न समय मागेका थिए। उनले मन्तव्य राख्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभाको बैठकमा बोलेका विषयहरुमाथि कडा आलोचना गरेका थिए। त्यसबाट असन्तुष्ट एमाले सांसद खगराज अधिकारीले उठेर विरोध जनाएका थिए। त्यस लगत्तै  एमालेका अरु सांसदहरुले पनि उठेर विरोध जनाएपछि संसद बैठक रोकिएको थियो।