हिमालयन रिले प्रिमियममा आइपीओ ल्याउन डाक्यो विशेष साधारण सभा, पुँजी १० अर्ब रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७९ जेठ १२ गते १२:०६ | May 26, 2022

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले प्राथमिक सेयर निष्काशन गर्ने उदेश्य सहित विशेष साधारण सभा डाकेको छ। सभा आगामी जेठ २७ गते होटल अलफ्टमा दिउँसो २ बजेपछि आरम्भ हुनेछ। 

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले पार भ्यालुमा प्रिमियम थप गरि प्राथमिक सेयर निष्काशन तथा बिक्री गर्ने विशेष एजेन्डा सभा मार्फत अनुमोदन गराउनेछ।  

यस्तै, उक्त कार्यका लागि प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संसोधनका लागि पनि सभाले विशेष अधिकार कम्पनीको संचालक समितिलाई दिनेछ। 

इन्स्योरेन्सले प्रथम वार्षिक साधारण सभा मार्फत समेत आइपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो।  

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको अधिकृत पुँजी २१ अर्ब हो भने जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ।सोही जारी पुँजीको ३० प्रतिशत बराबरको प्राथमिक सेयर हिमालयन रि इन्स्योरेन्सले निष्काशन गर्ने योजनामा छ। 

कम्पनीका अध्यक्षतामा शेखर गोल्छा रहेका छन्। गोल्छा उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन्। 

यसका अतिरिक्त इन्स्योरेन्समा शंखर ग्रुप, मुरारका ग्रुप, लक्की ग्रुप, शिवशक्ति ग्रुप, आइएमई ग्रुप, दुगड ग्रुप, जगदम्बा ग्रुपलगायतको लगानी पनि रहेको छ। 

रि इन्स्योरेन्समा दुई सरकारी सवामित्वका वाणिज्य बैंकको लगानी समेत छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको लगानी पनि हिमालयन रि इन्स्योरेन्समा रहेको देखिन्छ।