वैशाख अन्तिम साता मात्रै बैंकहरुको निक्षेप तीन अर्ब रुपैयाँले घटेको छ। वैशाख २३ सम्म वाणिज्य बैंकहरुले निक्षेप संकलन ४३ खर्ब ७३ अर्ब पुर्याएका थिए।
यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरुमार्फत प्रभाव भएको कुल कर्जामा पनि ह्रास आएको छ।
वैशाख २३ गते वाणिज्य बैंकहरुबाट ४१ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको ऋण विस्तार भएको थियो। जुन वैशाख मसान्तको दिनसम्म आइपुग्दा २ अर्ब रुपैयाँ घटेको छ। वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुले गरेको कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको हो।
चैत मसान्तसँग तुलना गर्दा कर्जा प्रवाह ६ अर्ब रुपैयाँले घटेको देखिन्छ। चैत ३० गते वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कुल ऋण दिएका थिए।
समग्रमा भने चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कुल निक्षेप १६९ अर्बले वृद्धि भएको छ। यस अवधिमा ऋण ४७० अर्बले बढेको छ। पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप र ऋण विस्तार स्थिर छ।