सुनको मूल्यमा ९ सय रुपैयाँ घट्दा कारोबार ९५ हजार ८ सयमा, चाँदीमा १० रुपैयाँको गिरावट

बिजमाण्डू
२०७९ जेठ ४ गते ११:२८ | May 18, 2022
सुनको मूल्यमा ९ सय रुपैयाँ घट्दा कारोबार ९५ हजार ८ सयमा, चाँदीमा १० रुपैयाँको गिरावट

काठमाडौं। लामो समयपछि सुनको मूल्य प्रतितोला ९५ हजारमा आइपुगेको छ। मंगलबारको भन्दा तोलामा ९ सय रुपैयाँले घटेको छ।

Tata
GBIME

बुधबारका लागि  बजार मूल्य ९५ हजार ८ सय रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार २ सय रुपैयाँले बढ्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो। 

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबारका प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार २० रुपैयाँ बढ्दा प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १८२३.९३ डलर भएको सुनको मूल्य कमजोर हुँदै बुधबार प्रतिऔंस १८०७.१८ डलरमा कारोबार भइरहेको छ। चाँदीमा झिनो अन्तर छ। मंगलबार प्रतिऔंस २१.५२ डलर थियो, बुधबार प्रतिऔंस २१.५५ डलर छ।