राधी विद्युत कम्पनीले करिब एक करोड कित्ता हकप्रद जारी गर्ने, हकप्रद पछि पुँजी डेढ अर्ब अधिक




काठमाडौं। राधी विद्युत कम्पनीले हाल कायम चुक्ता पुँजीको करिब डेढ गुणा हकप्रद निष्कासन गर्ने भएको छ।  राधीले १:१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड(सेबोन)मा निवेदन पेस गरेको हो।



कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको हकप्रद निष्कासनको स्वीकृति मागेको छ। उल्लेखित रकम बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता निष्कासन गर्न राधीले गत वैशाख २८ गते सेबोनमा पेस गरेको थियो।

हकप्रद निष्कासनका  कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको हकप्रद बिक्री गरे पश्चात चुक्ता पुँजी एक अर्ब ५९ करोड ९९ लाख ८० हजार रुपैयाँ पुग्नेछ।

राधी विद्युत कम्पनीलाई गत वैशाख २३ गते विद्युत नियमन आयोगले १:१.४७५२ अनुपातमा हकप्रद निष्कासनको सहमति दिएको थियो। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell