काठमाडौं महानगरपालिकाको मतगणना सभागृहमा सुरु, १ र ३२ नं वडाबाट खोलियो मतपेटिका

बिजमाण्डू
२०७९ बैशाख ३१ गते १०:०५ | May 14, 2022
काठमाडौं महानगरपालिकाको मतगणना सभागृहमा सुरु, १ र ३२ नं वडाबाट खोलियो मतपेटिका

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ।

Tata
GBIME
Nepal Life

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु गरिएको हो। सुरुमा वडा नं १ र ३२ को गणना सुरु गरिएको छ।

शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो।

यद्यपि शनिबार मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेर ढिला गरि मतगणना सुरु गरेको हो।