भारतका टप ‘सेल्फ मेड बिलेनियर’, यी पाँच युवा जसले स्टार्टअपबाटै प्रविधि क्षेत्रमा नाम र दाम कमाए

बिजमाण्डू
२०७८ फागुन ४ गते १८:४१ | Feb 16, 2022
भारतका टप ‘सेल्फ मेड बिलेनियर’, यी पाँच युवा जसले स्टार्टअपबाटै प्रविधि क्षेत्रमा नाम र दाम कमाए

Tata
GBIME
Nepal Life

विश्व अर्थतन्त्रले जहिल्यै पनि नयाँ स्थापित स्टार्टअप कम्पनीहरुलाई सकारात्मक रुपमा स्वागत गरिरहेको छ। यसको प्रभाव हाल विश्वभर स्टार्टअपहरुको स्थापना तथा वृद्धिमा देखिएको छ। कोभिड महामारीका वावजुद विश्वभर नयाँ स्टार्टअपहरु बिस्तार भैरहेको छ। विश्वका जुनसुकै देशका सरकारहरुले पनि हाल नयाँ आउने कम्पनीहरुको बृद्धि र विकासमा उत्साहजक रुपमै साथ दिइरहेका छन्।  

विश्वका अन्य देशहरुको तुलनामा भारतमा हाल बिविध क्षेत्रमा स्टार्टअपहरुको निकै आक्रामक बिस्तार भैरहेको छ।  सन् २०२१ मा मात्र भारतमा सरकारले १४ हजार नयाँ स्टार्टअपहरुलाई आधिकारिक पहिचान गरेको छ। जसमधे ४४ वटाले एक अर्ब डलरमाथिको कम्पनी अर्थात युनिकर्न कम्पनी क्लब ज्वाइन गरिसकेका छन्।

नेक्स्ट लेभलमा अघि बढ्नका लागि भारतमा यस्ता स्टार्टअपहरुमा लगानी पनि निकै भित्रिरहेको छ जसबाट ती कम्पनीले नसोचेको सफलता पनि पाइरहेका छन्। स्टार्टअपबाटै सेल्फ मेड बिलेनियरका रुपमा पाँच युवा हुरुन इन्डिया रिच लिस्टको टप फाइभमा परेका छन्।  

बैजु रबिन्द्रन

भारतको एडटेक स्टार्टअप बैजुज्का संस्थापक सिइओ रबिन्द्रनले बैजुज लर्निङ एपमार्फत भारत र अन्तराष्ट्रिय स्तरमै सफलता पाए। उनले तीन वर्षकै छोटो अवधिमा भारतमात्र होइन अमेरिका र बेलायतमा समेत आफ्नो बजार बिस्तार गरिसकेका छन्।

बैजुजको एपले सिएटि, आइएएस, आइआइटि, जि एनइइटी, लगायतका जाँचहरुको तयारीमा विद्यार्थीलाई सघाउने गरेको छ। यस एपले कक्षा ३ देखि १२ सम्ममा विद्यार्थीहरुलाई शैक्षिक सहायता प्रदान गर्दै आएको छ।

कम्पनीले यति धेरै सफलता पाएको छ कि सन् २०१९ मा उसले भारतको क्रिकेट टिमको लागि ओप्पोलाई रिप्लेस गर्दै सर्टको स्पोन्सर बन्न सफल भएको थियो। भारतको क्रिकेट टिमको जर्सीमा सन् २०१९ को सेप्टेम्बरदेखि सन् २०२२ को मार्चसम्म बैजुजको नाम प्रिन्ट हुने सम्झौता भएको छ।

यो एपको १० करोडभन्दा बढी प्रयोगकर्ता छन् भने साढे ६ हजार पेड-सब्सक्राइबर्स छन्।कम्पनीको नेट वर्थ करिब १६.५ अर्ब डलर छ। बैजुजलाई भारतका टप फाइभ इन्टरनेट कम्पनीमध्ये एक मानिन्छ। कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन रबिन्द्रनले सन् २००७ देखि मेहनतत गरेका हुन्।

मलयालम माध्यमको विद्यालयबाट स्कुलिङ सकेका रभिन्द्रनकी आमा म्याथ र बुवा फिजिक्सका शिक्षक थिए। स्कुल सकेपछि रबिन्द्रनले इन्जिनियरिङ कलेजबाट बिटेक गरे।

सन् २००३ देखि उनले एमएनसीमा सर्भिस इन्जिनियरका रुपमा काम गरे। दुई वर्षको जागिरपछि उनले काम छोडेर सिएटी जाँचका लागि विद्यार्थीहरुलाई सघाउन तयारी कक्षा खोले। सन् २००७ मा उनले ब्यापारकै रुपमा बैजुज् क्लासेस भनेर जाँच तयारी कक्षाहरु सुरु गरे जसबाट उनले सफलता पाउँदै गए। यसले उनलाई अझ बढी उत्प्रेरित गर्यो। त्यसपछि उनले आफ्नो श्रीमतीको साथ लिएर सन् २०११ देखि बैजुज स्टार्टअप नै बिधिवत रुपमा सुरु गरे। हुरुन इन्डिया रिच लिस्ट अनुसार सन् २०२१ मा कम्पनीअन्तर्गत रबिन्द्रन र उनको परिवारको संयुक्त सम्पत्ति ३.२२ अर्ब डलर पुगिसकेको छ। । २०२० मा रबिन्द्रनको मात्रै ब्यक्तिगत सम्पत्ति १.७ अर्ब डलर रहेको थियो ।  कम्पनीलाई भारतकै दोस्रो बहुमुल्य स्टार्टअप तथा विश्वकै मूल्यवान एड-टेक स्टार्टअप मानिन्छ।

नितिन कामत र निखिल कामत

यी दुई दाजुभाईले आफ्नो टिनेजदेखि नै ब्यापार थालेका हुन्।  बैंगलुरुमा जन्मेहुर्केका निथिन र निखिलले ब्रोकरेज फर्म जेरोधा स्थापना गरे। सन् २०१० मा न्यून लागत ब्यापारको अवधारणा अनुसार उनीहरुले खोलेको स्टार्टअप अहिले भारतकै सबैभन्दा ठूलो ब्रोकरेज फर्म बनिसकेको छ जसमा ५४ लाख ८० हजार सक्रिय ग्राहकहरु छन्।

कम्पनीले अब बैंक खाता निष्क्रिय हुने समयबारे ग्राहकहरुका लागि एलर्ट टुल समेत संचालन गर्नलागेको छ।  सानैदेखि ब्यापारमा लागेका उनीहरुले आफ्नो ब्यापारको सुरुवात सबब्रोकरका रुपमा गरेका थिए। रिलायन्स मनी र वेटुवेल्थ ज्वाइन गरेर उनीहरुले ब्यापार कला सिके। उनीहरुले ग्राहकलाई धितोपत्र बजारमा जोखिम न्यूनिकरण गर्दै लगानी गर्न सहयोग गर्न थाले। कामत ब्रदर्स कम्पनीअन्तर्गत उनीहरुले शेयर बजारबारे जानकारी दिने भारसिटी नामक नयाँ एप पनि खोलेका छन्।

कोभिड महामारीको समय पनि जेरोधाका लागि निकै राम्रो बजार सावित भयो। त्यो समयमा उनीहरुले १५ लाख नयाँ प्रयोगकर्ता बनाउन सके। कम्पनीका सिइओ नितिनले प्रोडक्टको चयन गर्ने काम गर्छन् भने कम्पनीका सिआईओका रुपमा निखिलले जोखिम ब्यबस्थापन तथा हरहिसाब राख्छन्। उनीहरुले लगानीका अन्य क्षेत्रहरुमा पनि पैसा हालेका छन्। कम्पनीलाई अण्डर ४० उमेर समूहको सबैभन्दा ठूलो उद्यमीका रुपमा लिइन्छ। हुरुन इन्डिया ४० र सेल्फ मेड रिच लिस्ट २०२० मा उनीहरु सबैभन्दा ठूला उद्यमीका दर्ता भएका छन्। सेबीले पनि उनीहरुलाई एसेट म्यानेजमेन्ट फर्म स्थापनाको स्वीकृति दिइसकेको छ।

दिब्यांक तुरकिया

दिब्यांक भारतका चर्चित कम्प्युटर प्रोगामर र सेलफ मेड बिलेनियर हुन्। उनलाई वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२१ मा एक नम्बर र्यांकिङ गरिएको थियो।

सन् २०१० मा स्थापना भएको उनको कम्पनी मिडिया डट नेट अनलाइन एड बिजनेसमा विश्वकै टप फाइभ अनलाइनभित्र पर्छ। मिडिया डट नेटलाई उचाइमा पुर्याएपछि उनले सन् २०१६ मा कम्पनीलाई ९० करोड डलरमा मिटेनो कम्युनिकेसन्सलाई क्यास डिलमा बेचेका थिए। कम्पनीको बिक्रीलाई अनलाइन विज्ञापन उद्योगको इतिहासमै तेस्रो ठूलो कारोबारका रुपमा लिइन्छ।

तुरकियाले बान्द्रामा स्कुल पढे भने युनिभर्सिटी अफ मुम्बईबाट ग्रयाजुयट गरे। उनले ९ वर्षको उमेरदेखि नै प्रोग्रामिङ सुरु गरेका हुन्। उनले इन्टरनेट कन्सल्टिङ थाल्दा जम्मा १४ वर्षका थिए। सन् १९९६ मा उनले १४ वर्षकै उमेरमा ठूला कर्पोरेटहरुका लागि कन्सल्टेन्सी सुरु गरे। त्यसको दुई वर्षपछि उनले आफ्नो बुवासँग ६०० डलर मागेर आफ्नै वेब होस्टिङ र डोमेन रजिष्ट्रेसन बिजनेस सुरु गरे। यो भेन्चर निकै सफल भयो जसलाई नासदाकले सन् २०१४ मा १६ करोड डलर तिरेर खरिद गर्यो।

उनी १८ वर्षकै उमेरमा १० लाख, र २३ वर्षको उमेरमा १० करोड डलरको कम्पनी हासिल गर्ने युवाका रुपमा चिनिन्छन्। सन् २०१६ मा उनले १ अर्ब डलरको सम्पत्ति जोडिसकेका थिए जतिबेला उनी जम्मा ३४ वर्षका थिए। उनी डाइरेक्टीका सह संस्थापक हुन् भने स्केन्जो र मिडिया डट नेटकका संस्थापक तथा सिइओ हुन्। यसैगरी उनी बिभिन्न ग्लोबल इनभेष्टमेन्ट फण्डहरुमा सिआईओको भूमिकामा पनि छन्। सन् २०१८ मा उनले मिडिया डट नेटको सिइओ पदबाट बाहिरिएर केही ग्लोबल इन्भेषटमेन्ट फण्डहरुमा बढी लक्षित भएर काम गरिरहेका छन्। हुरुन इन्डियाको रिच लिस्टमा उनको सम्पत्ति १२,५०० करोड भारु रहेको छ। फोर्बले सन् २०१८ मा विश्वभरका भारतिय मध्ये कान्छा अर्बपतिका रुपमा उनलाई राखेको थियो।

नकुल अग्रवाल

ब्राउजरस्ट्याकका सह संस्थापक तथा सिटिओ नकुल मुम्बईको आइआइटीका बिद्यार्थी हुन्। सुरुमा उनले सफ्टवेयर डेभलपरकारुपमा लाइम स्पट टेक्नोलोजीमा काम गरे। कामकै अवधिमा उनले सहसंस्थापकका रुपमा क्वार्कबेस डट कम खोलिसकेका थिए। त्यसपटि उनले लाइम ल्याबमा सिनियर सफ्टवेयर इन्जिनियरका रुमपा काम गरे। पछि सन् २०११ मा उनले ब्राउजरस्ट्याक खोलेका हुन जसबाट उनी हुरुन रिच लिस्ट २०२१ मा दोस्रो स्थापनमा पर्न सफल भए। उनको व्यक्तिगत सम्पत्ति १२,४०० करोड भारु रहेको छ।  

रितेस अरोरा

ब्राउजरस्ट्याकका सहसंस्थापक तथा सिइओ रितेसले आइआइटी बम्बेबाट कम्प्युटर साइन्समा स्नातक गरे।  उनले सन् २०११ मा नकुलसँग मिलेर ब्राउजरस्ट्याक खोले। अहिले कम्पनी विश्वकै लिडिङ सफ्टवेयर टेस्टिङ प्लाटफर्म बनिसकेको छ। उनीहरुले विश्वभर ५९० हजारभन्दा धेरै उपभोक्तालाई सेवा दिन्छन्। कम्पनी हाल ४ अर्ब डलर बराबरको मूल्यांकन भएको छ। लिंक्डइनले कम्पनीलाई भारतका टप २५ स्टार्टअप्सको सूचीमा १ नम्बरमा राखेको थियो। कम्पनीले आफ्नो क्लाउड प्लाटफर्मबाट तीनहजारभन्दा बढी किसिमका मोबाइल डिभाइसहरुमा सफ्टवेयर डेलिभरी गर्छ। कम्पनीले माइक्रोसफ्ट, ट्विटर, विल्स फार्गो, डिस्कभरी र एक्सपिडिया जस्ता संस्थाहरुका लागि काम गर्छ। रितेसलाई एन्जल इन्भेष्टरका रुपमा लिइन्छ। उनले भारतका धेरै स्टार्टअप्सहरुमा मेन्टरका रुपमा समेत काम गरिरहेका छन्। हाल उनको व्यक्तिगत सम्पत्ति १२,४०० करोड भारु रहेको छ।