कोभिड फैलिएपछि राष्ट्र बैंकले रोक्यो बैंकको स्थलगत निरीक्षण, कर्मचारीलाई वर्क फ्रम होम




काठमाडौं। कोभिड-१९ को संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्थलगत निरीक्षण र नेपाल राष्ट्र बैंकको स्थलगत आन्तरिक लेखा परीक्षण कार्य स्थगित गरेको छ। 



गभर्नरले पुस ३० गते सदर टिप्पणी अनुसार कोभिड-१९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने सम्बन्धमा निर्णय गर्दै अर्को सूचना नभएसम्म निरीक्षण स्थगित गर्ने निर्णय गरेको हो।

राष्ट्र बैकले आफ्ना विभिन्न विभाग/कार्यालय/महाशाखा/इकाईमा गराइरहेको इन्टर्नसिपको कार्य हाललाई स्थगित गर्ने र नयाँ इन्टर्न समेत नियुक्त नगर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकबाट हुने कार्य न्यूनतम कर्मचारीहरुबाट सञ्चालन/सुचारु हुने गरी व्यवस्थापन गर्ने, बाँकी कर्मचारीहरुलाई घरबाटै कार्य गर्ने गरी वर्क फ्रम होममार्फत् कार्यसम्पादन गराउने जिम्मेवारी सम्बन्धित विभाग इकाइ प्रमुखलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ।। 

हाल सञ्चालनमा रहेका बाहेक भौतिकरुपमा उपस्थित भई गरिने कार्यक्रमहरु जस्तैः तालिम, गोष्ठी, सेमिनार, अन्तरक्रिया, अध्ययन, अनुसन्धान आदि स्थगित गर्ने र गर्नै पर्ने कार्यक्रमहरु भर्चुअल माध्यमबाट मात्र गर्ने निर्णय गरिएको छ। अत्यावश्यक बाहेक कुनै पनि कर्मचारीलाई काजमा नखटाउने निर्णयसमेत भएको छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell