सुनौली नाकाबाट दैनिक अवैध रुपमा गाडीको स्पेयर्स पार्ट्स भित्रिदै, अवैधको फैलिँदो जालो

बिजमाण्डू
२०७८ पुष २९ गते ११:३२ | Jan 13, 2022
सुनौली नाकाबाट दैनिक अवैध रुपमा गाडीको स्पेयर्स पार्ट्स भित्रिदै, अवैधको फैलिँदो जालो

काठमाडौं। सुनौली नाकाबाट दैनिक ठूलो मात्रामा अवैध रुपमा गाडीको स्पेयर्स पार्ट्स भित्रिने गरेको पाइएको छ। गाडीको पार्टसमा वैध रुपमा भित्र्याउँदा ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्छ।

Tata
GBIME
Nepal Life

तर अवैध रुपमा भित्रिएका त्यस्ता पार्ट्सका कारण राज्यले करोडौ नोक्सानी ब्योहोर्नुपरेको छ। बुटवल मैनावगरमा कृष अटोमोबाइलका संचालक सुरज रेग्मीका अनुसार खपत भएका मध्ये ६० प्रतिशत पार्ट्स अवैध रुपमा भित्रिरहेको छ।

उनले सुरुवातमा सीमा आसपासमा हुने गरेको अवैध पार्ट्सको कारोबार विस्तारित हुँदै रुपन्देही, कपिलवस्तुहुँदै नवलपरासीसम्म विस्तार भएको बताए।

बुटवल इन्जिनियरिङ एशोसिएसनका उपाध्यक्ष बाबुराम आचार्यले सरकारलाई दैनिक लाखौ राजस्व नोक्सानी भइरहेको बताए। उनका अनुसार गाडीधनीले सीमापारीका व्यवसायीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ गरेर ग्यारेजसम्म सामान आउने गरेको छ।