गभर्नरले गरे तरलता अभाव चर्किने संकेत, ‘आन्तरिक ऋण उठाउन थाले तरलता अभाव चर्किन्छ’

बिजमाण्डू
२०७८ पुष २५ गते १२:५२ | Jan 9, 2022

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताएका छन्।

Tata
GBIME
Nepal Life

आइतबार संसदको लेखासमितिमा उनले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताएका हुन्। उका अनुसार चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ।

सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ। यदि सरकारले सबै अर्थात बाँकी २ खर्ब ४४ अर्ब रुपैयाँ उठाए तरलतामा झन् दबाब पर्ने बताए। 

उनले चालु वर्ष सरकारले राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए। उनले चालु वर्ष मूल्यवृद्धि बढ्ने देखिएको बताए। चालु वर्षको लक्ष्य साढे ६ प्रतिशत राखिएको छ।