माच्छापुच्छ्रे बैंकले नारायणहिटी दरबारमा स्थापना गर्‍यो लकर, मोबाइल राखेर घुम्न सकिने

बिजमाण्डू
२०७८ मंसिर ९ गते १७:०४ | Nov 25, 2021
माच्छापुच्छ्रे बैंकले नारायणहिटी दरबारमा स्थापना गर्‍यो लकर, मोबाइल राखेर घुम्न सकिने

काठमाडौं। माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुका लागि लक्षित गर्दै मोबाइल लकर स्थापना गरिदिकएको छ। 

Tata
GBIME

बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त लकर हस्तान्तरण गरेको जनाएको छ।

समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

संग्राहलय आउने व्यक्तिहरुले अब मोबाइल फोन लकरमा सुरक्षितसँग राखेर निस्फिक्री घुम्न सक्ने बैंकले जनाएको छ।