सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट, दुई दिनमा २१ सय रुपैयाँ घट्यो, चाँदी पनि ओह्रालो 

बिजमाण्डू
२०७८ मंसिर ८ गते १२:४१ | Nov 24, 2021
सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट, दुई दिनमा २१ सय रुपैयाँ घट्यो, चाँदी पनि ओह्रालो 


काठमाडौं। सुनचाँदीको मूल्यमा बुधबार पनि गिरावट आएको छ। सुन तोलामा ५ सय घटेको छ भने चाँदी ३० रुपैयाँ घटेको छ। सुन दुई दिनमा तोलामा २ हजार १ सय रुपैयाँ सस्तिएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार एकै दिन कारोबार मूल्यमा १ हजार ६ सय रुपैयाँ घटेको थियो। बुधबारका लागि कारोबार मूल्य ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार  प्रतितोला ९२ हजार ३ सय थियो भने सोमबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन गत आइतबार प्रतितोला ९३ हजार ७ सय थियो। 

त्यस्तै चाँदीको मूल्य बुधबार पुनः घटेर प्रतितोला कारोबार मूल्य १२ सय २५ रुपैयाँ भएको छ। मंगलबारका तुलनामा ३० रुपैयाँको गिरावट आएको छ। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ घट्दा मंगलबार प्रतितोला १२ सय ५५ थियो। सोमबार प्रतितोला १२ सय ७० र आइतबार १२ सय ६० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावटको क्रम थामिएको छैन। बुधबार सुन प्रतिऔंस १७९२.९९ डलर छ। यसअघि मंगलबार १८०८.२४ थियो भने आइतबार १८४६.०२ र सोमबार १८४८.६३ डलर थियो। 

चाँदी पनि मंगलबारका तुलनामा घटेर कारोबार भएको छ। बुधबार प्रतिऔंस २३.६० डलरमा कारोबार भइरहेको छ। मंगलबार २४.२४ डलर थियो।