नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईँ ८ महिनामै राजीनामा गरेर बाहिरिए



२०७८ कात्तिक २२ गते ०९:३०
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईँ ८ महिनामै राजीनामा गरेर बाहिरिए


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) को प्रमुख कार्यकारी अधिकृतबाट सन्तोष प्रसाईँ बाहिरिएका छन्। उनले आइतबार दिएको राजीनामा सञ्चालक समितिले पारित गरिसकेको छ।

TATA
GBIME

चार वर्षका लागि नियुक्त भएका प्रसाईँ ८ महिनामा नै बाहिरिएका हुन्। उच्च व्यवस्थापनमा आएका केही कर्मचारी र सञ्चालकहरुसँग 'फरक मत' भएपछि 'मार्ग प्रशस्त' गरेको उनले बताए।

सञ्चालक समितिका सदस्यहरुले भने प्रसाईँको सरकारी पाराले व्यापार वृद्धि हुन नसकेको बताएका छन्। उनीहरुले प्रसाईँको विकल्प ६ महिना अगाडिबाटै खोज्न थालेका थिए। प्रसाईँ नियामक बीमा समितिबाट नेपाल लाइफ आएका थिए।

उनी एक वर्ष डेपुटी प्रमुख कार्यकारी अधिकृत भए भने त्यसपछि कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए। ८ महिनाअघि उनी प्रमुख कार्यकारी अधिकृत भएका हुन्। 


Sunrise Bank