संचालनमा आयो दरबारमार्गमा हार्ड रक क्याफे, संगीत, सपिङदेखि खानाको मजा एकै ठाउँमा

बिजमाण्डू
२०७८ कात्तिक १७ गते १३:१९ | Nov 3, 2021
संचालनमा आयो दरबारमार्गमा हार्ड रक क्याफे, संगीत, सपिङदेखि खानाको मजा एकै ठाउँमा

काठमाडौं। दरबारमार्गको शेर्पा मलमा हार्ड रक क्याफे संचालनमा आएको छ। क्याफेमा सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको कपडा तथा सांगीतिक उपकरणहरु संग्रह प्रदर्शनमा गरिएको छ। क्याफेले अमेरिकाको प्रसिद्ध मेनु तथा ककटेल नेपालमा उपलब्ध गराउने जनाएको छ।

Tata
GBIME
Nepal Life

क्याफेले आफ्नो सपिङ आउटलेट पनि संचालनमा ल्याइसकेको छ। शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छतमा गरी २६० जना अटाउने बताइएको छ। जहाँ बसेर दरबारमार्गको दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने क्याफेले जनाएको छ।

हार्ड रक प्रख्यात हुनुको मुख्य आकर्षण बर्गर हो। क्याफेले बर्गरमा चेद्दार चिजसँग मिसाइएको राँगाको मासु, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन-रिपेन्ड टमाटर भएको प्रख्यात बर्गर समेत छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइने क्याफेले जनाएको छ।

यसैगरी, क्याफेले मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकेन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चिजको साथमा सलाद रहनेछ भने स्याण्डविचहरु बार्बिक्यू गरिएको चिकेन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किने जनाएको छ।

मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बेबी ब्याकपोर्क रिब्स् भएको क्याफेले जनाएको छ। यो फुड आइटम हार्ड रक क्याफे काठमाडौंका लागि डेनमार्कबाट झिकाइएको क्याफेले जनाएको छ।

'७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेन्डसँग सिजनिङ गरिन्छ। त्यसपछि घरेलु बार्बिक्यू ससको साथमा मिसाएर ग्रील गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र र्‍यान्च स्टाइलका सिमिहरुसँग प्रस्तुत गरिन्छ,' क्याफेले जनाएको छ। 

त्यस्तै, क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईंकटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको छ। यो लगायत बूजी मिल्क सेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहने क्याफेले जनाएको छ। 

हार्ड रक क्याफे काठमाडौंमा १०० जना स्थानीय कामदारहरु छन्। यहाँका धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिने क्याफेले जनाएको छ। 

क्याफेले प्रारम्भमा हरेक दिन राती स्थानीय कलाकारहरुको सांगीतिक सिर्जना प्रस्तुत गर्ने जनाएको छ। हरेक शनिबार दिउँसो १ देखि ३ बजेसम्म एकोइस्टिक ब्रन्च संचालन हुने बताइएको छ। 

क्याफेले हरेक दिन बिहान ११:३० बाट खुल्ने छ। बिहीबारदेखि शनिबार भने क्याफे राती २ बजे बन्द हुनेछ। आइतबारदेखि बुधबार भने क्याफे मध्यरातमा बन्द हुने बताइएको छ।  

हार्ड रक 'रक सप' भने हरेक दिन बिहान १० बजेदेखि राती ११ बजेसम्म संचालन हुने क्याफेले जनाएको छ।