सातामै २० अर्बले गायव भयो बाणिज्य बैंकहरुबाट निक्षेप, २ खर्ब ९७ अर्ब रुपैयाँ ऋण बिस्तार

बिजमाण्डू
२०७८ कात्तिक १६ गते १६:४२ | Nov 2, 2021
सातामै २० अर्बले गायव भयो बाणिज्य बैंकहरुबाट निक्षेप, २ खर्ब ९७ अर्ब रुपैयाँ ऋण बिस्तार


काठमाडौं। बाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ। तर बैंकहरुले ऋण लगानी ठप्प छ भन्दाभन्दै पनि लगानी बढाइरहेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, दसैंपछि बाणिज्य बैंकहरुबाट २२ अर्ब रुपैयाँ निक्षेप गायव भएको छ। यो कात्तिक १२ गतेसम्मको तथ्यांक हो। अघिल्लो साता मात्र २ अर्बले निक्षेप घटेर ४२ खर्ब ४७ अर्बमा झरेको छ।। असोज मसान्तमा निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको थियो।

बैंकहरुमा ऋण लगानीमा भने अनुशासन देखिएको छैन। उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्न नसक्ने अवस्था आएको बताइरहेका बैंकरले २० अर्ब रुपैयाँले लगानी बढाएका छन्। यो एक सातामै बढेको निक्षेप हो। बैंकहरुको कुल ऋण ४० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।

असार मसान्तयता बैंकिङ प्रणालीमा जम्मा ४५ अर्ब रुपैयाँ निक्षेप बढेको छ। बैंकहरुले यो अवधिमा २ खर्ब ९७ अर्ब रुपैयाँ ऋण दिइसकेका छन्।