प्रधानन्यायाधीश राणाले १० जना न्यायाधीशलाई तोके ६ वटा इजलास, आफूलाई भने तोकेनन्

बिजमाण्डू
२०७८ कात्तिक १५ गते १३:०९ | Nov 1, 2021
प्रधानन्यायाधीश राणाले १० जना न्यायाधीशलाई तोके ६ वटा इजलास, आफूलाई भने तोकेनन्

काठमाडौं। केही दिनदेखि लगातार सर्वोच्च अदालतको इजलास प्रभावित भए पनि सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायाधीशहरुलाई इजलास तोकेका छन्। जबराले आफूलाई भने आज इजलास तोकेका छैनन्।

Tata
GBIME
Nepal Life

अन्य न्यायाधीशहरुलाई भने बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलास तोकिएको छ। उनले १० जना न्यायधीशहरुलाई ६ वटा इजलास तोकेका हुन्। प्रत्येक इजलासमा एउटा एउटा बन्दी प्रत्यक्षीकरण मुद्दा तोकिएको छ। अघोषितरुपमा इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुबीच बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने की नहेर्ने भन्ने विषयमा छलफल समेत भएको थियो।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाँल, आनन्द मोहन भट्टराई, टंकबहादुर मोक्ता, अनिलकुमार सिन्हा, कुमार चुडाललाई संयुक्त इजलास तोकिएको छ। त्यस्तै वमबहादुर श्रेष्ठ, सपना प्रधान मल्ल,मनोजकुमार शर्मा र कुमार रेग्मीलाई एकल इजलास तोकिएको छ।

न्यायाधीशहरु प्रधानन्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने माग राख्दै आन्दोलित छन्। पाँच दिनदेखि न्यायाधीशहरु इजलास नबस्दा हुँदा धेरै मुद्दा प्रभावित बनेका छन्। मुद्दा प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा न्यायाधीशहरू विरुद्ध रिट समेत परेको छ।

त्यस्तै प्रधानन्यायाधीश जवराको राजीनामामा माग्दै कानुन व्यवसायीहरू पनि आन्दोलनमा छन्। यता प्रधानन्यायाधीश भने राजीनामा नदिने बताउँदै आएका छन्। उनले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेको र त्यस विषयमा न्यायाधीशबिच आज छलफल हुने बताइएको छ।