धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रकृया सुरु, बाँकी कार्यकालका लागि नियुक्त गरिने

बिजमाण्डू
२०७८ कात्तिक ११ गते ०८:४८ | Oct 28, 2021

काठमाडौं। सररकाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ। भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

ढुङ्गानाले पदमा रहेका बेला छोरी र परिवारका नाममा आँफैले स्वीकृति दिने कम्पनीको सेयर खरीद गरेको पुष्टी भएपछि बर्खास्त गरिएको थियो। न्यायिक छानबिनले ढुङ्गानाले पदको दूरुपयोग गरेको खुलेको थियो।

सरकारले अध्यक्षका लागि आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। अर्थमन्त्रालयले केही दिनअघि अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएको थियो।

अध्यक्ष हुनका लागि धितोपत्र बजार ब्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, बाणिज्य, ब्यवस्थापन वा कानुननमा कम्तिमा सात बर्षको पेशागत अनुभव अनिवार्य छ। उमेर ३० बर्ष पुराभइ ६० बर्ष ननाघेको हुनु पर्ने छ।

अहिले अध्यक्षका लागि माओबादी, कांग्रेसकाहरु अग्रसर देखिएका छन्।