एनसीएचएलबाट तीन महिनामै ४१ खर्ब २० अर्बको कारोबार, भुक्तानी स्वीचको पहिलो चरणको काम सकियो



२०७८ कात्तिक ९ गते ११:०९
एनसीएचएलबाट तीन महिनामै ४१ खर्ब २० अर्बको कारोबार, भुक्तानी स्वीचको पहिलो चरणको काम सकियो


काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत चालु वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म ४१ खर्ब २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।

TATA
GBIME

कम्पनीमार्फत १ करोड ७१ लाखभन्दा बढी कारोबारहरु प्रोसेस र फर्छ्यौट भएको छ। पोहोर यतिबेलाको तुलनामा यो १०७ प्रतिशतले बढी हो। 

पहिलो त्रैमासमा इसीसीमा २८ खर्ब ९ अर्ब बराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएको छ।

बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार ५ खर्ब ५० अर्ब बराबरको ३२ लाख  ८६ हजारभन्दा बढी भएको छ। 

त्यस्तै गरी बैंक वित्तीय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्ट आईपीएसमा ६ खर्ब ९० अर्ब बराबरको ९७ लाख ४७ हजारभन्दा बढी कारोबारहरु भएको कम्पनीले जनाएको छ। 

एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्ट आईपीएसबाट गरिने कारोबारहरुमा उल्लेख्य वृद्धि भएको छ। विद्युतीय कारोबारको स्वीकार्यता तथा प्रयोग वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतिय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको छ।

एनसीएचएलले आफ्ना सदस्य बैंक-वित्त संस्थाहरु पीएसपी, पीएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतीय भुक्तानीमा ल्याउन पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ। 

यसै क्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको काम समेत अगाडि बढाएको छ। यसको पहिलो चरणको तयारी सकिएर लागू हुने चरणमा छ। 


Sunrise Bank