१० अर्ब रुपैयाँको रिपो जारी गर्दा २८ अर्ब ५० करोड रुपैयाँको माग, ब्याज ५ प्रतिशतसम्म पुग्यो 

बिजमाण्डू
२०७८ कात्तिक ५ गते ०९:०० | Oct 22, 2021

काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको १० अर्बको रिपोमा २८ अर्ब ५० करोड रुपैयाँको दाबी परेको छ। राष्ट्र बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गरेको थियो। 

Tata
GBIME
Nepal Life

कुल १५ बैंक तथा वित्तीय संस्थाले रिपो माग गरेका थिए। उनीहरुले विभिन्न ब्याजहरु तय गर्दै ३८ वटा आवेदन दिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले पाँच प्रतिशतसम्म ब्याज हालेका थिए। कम्ति हाल्नेले पनि ४.९६ प्रतिशत निर्धारण गरेका थिए। 

राष्ट्र बैंकका अनुसार, चालु आर्थिक बर्ष कुल एक खर्ब ६० अर्ब रुपैयाँको रिपो जारी गरिसकेको छ। यसमा ४ खर्ब ५ करोड ५० लाख रुपैयाँको आवेदन परेको थियो।