गुगलले ल्याउँदैछ नयाँ फिचर, इमेल पठाउन अझ सहज र छिटो हुने कम्पनीको दाबी

बिजमाण्डू
२०७८ कात्तिक ४ गते १६:२० | Oct 21, 2021
गुगलले ल्याउँदैछ नयाँ फिचर, इमेल पठाउन अझ सहज र छिटो हुने कम्पनीको दाबी


काठमाडौं। गुगलले जिमेल (वेब) मा नयाँ फिचर ल्याउने भएको छ। व्यक्तिगतदेखि संस्थागतसम्म इमेल पठाउन सहज हुनेछ।परिवर्तन पछि राइट क्लिक मेन्यूमार्फत् इमेल पठाउने व्यक्तिको नामसहित अन्य विवरण, पठाउने व्यक्तिको अवतार चिप्स हेर्न सकिने गुगलले जनाएको छ। 

Tata
GBIME
Nepal Life

इमेल पठाउँदा आफ्नो कन्ट्याक्टमा नभएका व्यक्ति वा संस्था पनि खोज्न सकिने बताइएको छ।

गुगलले भर्चुअल इन्डिकेटर मार्फत् इमेल पठाउने व्यक्ति वा संस्था थप्न मिल्ने सुविधा पनि दिने जनाएको छ। 

गुगलले नयाँ फिचरहरु गुगल वर्कस्पेस, जी सुट बेसिक र बिजनेस उपभोक्ताहरुलाई उपलब्ध गराउने जनाएको छ।