आर्थिक नगरी वीरगंजमा दसैं मेला शुरु, बजारमा बढ्यो चहलपहल, किन्न पाइनेछ यस्ता सामान

बिजमाण्डू
२०७८ असोज २६ गते १०:०० | Oct 12, 2021
आर्थिक नगरी वीरगंजमा दसैं मेला शुरु, बजारमा बढ्यो चहलपहल, किन्न पाइनेछ यस्ता सामान

वीरगंज। कोरोना महामारीको कारण दुई वर्षदेखि प्रभावित भएको दसैं मेला यसपाली भव्यताका साथ मनाइँदै छ। वीरगंजमा यसपाली मेलाको रौनक बढेको छ।

Tata
GBIME

वीरगंजको घण्टाघरस्थित विपी उद्यानमा रमाइलो दसैं मेला शुरु भइसकेको छ भने वीरगंजको शक्तिपीठहरु गहवा माई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, विर्तामाई मन्दिर, काली मन्दिरलगायत मन्दिर दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ।

हिन्दूहरुको महान चाडपर्वको रुपमा मनाइने दशैतिहार र छठको अवसरमा वीरगंजमा पर्सा, बारा, रौतहट, मकवानपुर चितवन तथा रक्सौलसम्मका सर्वसाधारणहरु विभिन्न सामान किन्न आइपुग्छन्। जसले गर्दा वीरगंज बजारमा कपडा, मसाला, ड्राइफ्रुट, कस्मेटिकका सामान, खाद्यान्नजस्ता सामानको बिक्री दोब्बरले बढेको व्यवसायीहरुको भनाई छ।

वीरगंजमा भीडभाड घण्टाघरदेखि मकालु चोकसम्मको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ भने सडकमै मेलाको सामग्री फुलपात, प्रसाद, श्रृंगारका सामान, खेलौना तथा जलेबीको पसल लगाइएको छ। चहलपहल बढेसँगै यसपालीको मेलामा व्यापार राम्रो हुने व्यवसायीहरु बताउँछन्। मिठाई कारोबारमा पनि वृद्धि भएको वीरगंज पसलेहरुले बताएका छन्।

मेलामा पाकेटमारहरुको बिगबिगी, गहनाहरु लुटपाटको घटना हुन भएकोले पर्सा प्रहरी बजारमा सुरक्षाव्यवस्था कडा बनाएको पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्ले बताए। उनले मेलाको समयमा कुनै आपराधिक घटना भए भने १०० नम्बर वा नजिकको प्रहरी चौकीमा फोन गरेर जानकारी गराउन आग्रह गरे।