काठमाडौं। नेपाल राष्ट्र बैंंकले शनिबार र आइतबारका लागि अमेरिकी डलरको रिफ्रेन्स दर १२० रुपैयाँ २८ पैसा तय गरेको छ। गत बिहीबार डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा पुगेको थियो। शुक्रबार पुन घटेको दर शनिबार र आइतबारका लागि बढेको छ। २०७८ बैशाख १३ गते १२० रुपैयाँ ३२ पैसासम्म पुगेको थियो।
डलरको भाउ यहीबीचमा ११६ रुपैयाँ २१ पैसासम्म आएको थियो। बिहीबार भने डलरको भाउ १२० रुपैयाँ २७ पैसा पुगेको थियो। शनिबार र आइतबारका लागि १२० रुपैयाँ ३२ पैसा पुगेको हो।
बीचमा लामो समय डलरको भाउ कम हुँदा विदेशमा काम गर्ने नेपालीहरु रेमिटेन्स पठाउन निरुत्साहित भएका थिए। यही कारण पनि साउनमा रेमिटेन्स १५ अर्ब रुपैयाँ हाराहारीले घटेको थियो।
पछिल्लो दुई सातायता डलरको भाउ बढ्न थालेको हो।
अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहँदा डलरमा सुधार आएको हो। यसले भारतीय मुद्रा प्रभावित भएको छ। यही कारण डलरको भाउ बढ्न थालेको हो।
नेपाली र भारतीय मुद्राबीच विनिमय दर स्थिर छ। भारु १०० बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दरका कारण भारु तल-माथि हुँदा नेपाली रुपैयाँ पनि तरंगित हुन्छ।
नेपाललाई भने डलरको भाउ बढ्दा भन्दा घट्दा फाइदा छ। डलरको भाउ घट्दा रेमिटेन्स आय प्रभावित भए पनि बाँकी अधिकांश कुरामा फाइदा हुन्छ। अन्य बिदेशी मुद्रा पनि बढेको छ।