मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्न थाल्यो प्रक्रिया, ४ लाख कित्ता सेयर दिने

बिजमाण्डू
२०७८ असोज २१ गते १४:५३ | Oct 7, 2021
मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्न थाल्यो प्रक्रिया, ४ लाख कित्ता सेयर दिने


काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। मुक्तिनाथ विकास बैंकलगायत नेपालका ८६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने प्रक्रिया सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

२०७५ मा एक अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको हो। सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कृषि पेसालाई प्रतिष्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित कम्पनी स्थापना गरिएको हो। कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरुमध्ये सर्वसाधारणको लागि सेयर निष्कासन  गर्ने पहिलो कम्पनी हुने छ। 

चैत मसान्तभित्र निष्कासनको सबै प्रक्रिया पुरा गरी जारी गर्ने लक्ष्य लिइएको छ। यसअन्तर्गत सर्वसाधारणको लागि चार करोड बराबरको ४ लाख कित्ता सेयर जारी गरिने छ।