कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृष्ण धिताल नियुक्त

बिजमाण्डू
२०७८ भदौ २८ गते १७:०२ | Sep 13, 2021

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद धिताल नियुक्त भएका छन्। धितालले सोमबार पदभार ग्रहण गरेका छन्। 

Tata
GBIME

उनी यसअघि कृषि मन्त्रालयको प्रशासन महाशाखामा सहसचिवको जिम्मेवारीमा कार्यरत थिए।

यसअघि  कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा कृषि तथा पशुपंछी मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे थिए। गत असारमा घिमिरे रिटायर्ड भएपछि दुई महिनादेखि उक्त पद खालि रहेको थियो।

समितिले राजधानीको कालिमाटीमा रहेको तरकारी बजार संचालन तथा व्यवस्थापन गर्दै आएको छ, जुन नेपालकै सबैभन्दा ठूलो थोक तरकारी तथा फलफूल बजार हो।