बैंकहरुको नाफा महिना दिनमै सवा ६ अर्ब नाघ्यो, बर्ष दिनमा ७५ अर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण

बिजमाण्डू
२०७८ भदौ २५ गते १३:१० | Sep 10, 2021
बैंकहरुको नाफा महिना दिनमै सवा ६ अर्ब नाघ्यो, बर्ष दिनमा ७५ अर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण


काठमाडौं। साउन महिनामा बाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा गरेका छन्। नेपाल बैंकबाहेक बाँकी २६ वटा बाणिज्य बैंकहरुले उपलब्ध गराएको विवरण अनुसार, सर्वाधिक नाफा नबिल बैंकले गरेको छ भने सबैभन्दा कम राष्ट्रिय बाणिज्य बैंकले गरेको छ।

Tata
GBIME
Nepal Life

नबिल बैंकले ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। राष्ट्रिय बाणिज्य बैंकले ७ करोड २२ लाख रुपैयाँ मात्र नाफा गरेको छ। १० करोडभन्दा कम नाफा गर्नेमा बैंक अफ काठमाण्डू र सेञ्चुरी कमर्सियल बैंक पनि छन्। 

गत आर्थिक बर्ष बैंकहरुले ६३ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेका थिए। यसमा नेपाल बैंकको पनि हिसाब छ।

२६ वटा बैंकको एक महिनाको नाफाका आधारमा आगामी बर्षको (१२ महिनाकै) अनुमान लगाउँदा ७५ अर्ब ७३ करोड रुपैयाँ (नेपाल बैंकको जोड्दा अझै धेरै) नाघ्ने देखिन्छ।

बैंक  खुद नाफा (000) बैंक खुद नाफा (000)
नबिल            610,966.77 सिटिजन्स            244,860.40
ग्लोबल आइएमइ            484,681.62 माछापुच्छ्रे            226,930.10
एनआइसी एसिया            410,385.01 लक्ष्मी            214,576.67
सिद्धार्थ            326,139.40 सनराइज            188,365.83
प्राइम            303,882.43 एनसीसी            160,510.83
एनएमबि            301,934.46 स्ट्यान्डर्ड चार्टर्ड            150,872.26
इन्भेष्टमेन्ट            291,381.20 नेपाल बंगलादेश बैंक            143,864.98
एभरेष्ट            289,368.97 एसबीआइ            139,842.57
मेगा            284,010.44 हिमालयन            131,319.02
प्रभु            274,866.65 सिभिल            107,812.05
सानिमा            266,487.67 बैंक अफ काठमाण्डू               93,770.46
कृषि विकास            261,730.05 सेञ्चुरी               73,052.10
कुमारी            257,289.54 राष्ट्रिय बाणिज्य बैंक               72,227.97

एक महिनामा नबिलपछि ग्लोबल आइएमइ बैंकले ४८ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि एनआइसी एसियाले ४१ करोड रुपैयाँ नाफा गरेको छ। 

मुक्तिनाथको नाफा धेरै
विकास बैंकहरुले ६४ करोड ९१ लाख रुपैयाँ नाफा गरेका छन्। राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक हेर्दा यसमा साहारा, साल्पा, कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकको तथ्यांक जोडिएको छैन। 

सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ। बैंकले १४ करवड १५ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि ज्योति विकास बैंकले ९ करोड ६७ लाख रुपैयाँ गरेको छ। सबैभन्दा कम सिन्धु विकास बैंकले २२ लाख ५० हजार रुपैयाँ गरेको छ। फाइनान्स कम्पनीहरुले १६ करोड ४१ लाख रुपैयाँ नाफा गरेका छन्। 

बैंक नाफा (000)
मुक्तिनाथ        141,502.64
ज्योति          96,747.12
साइन          80,765.74
महालक्ष्मी विकास बैंक           69,507.52
कामना सेवा          65,849.02
लुम्बिनी          64,571.56
गरिमा           49,537.48
साङ्ग्रिला          35,987.94
एक्सल          16,882.11
मितेरी            9,515.04
कर्णाली            6,221.36
सप्तकोशी            6,108.37
ग्रीन            3,717.00
सिन्धु            2,250.78