सेयर बजार लगातार घट्न थाल्यो, टेलिफोन वार्तापछि प्रवक्ताले ‘संशोधन हुँदैन’ भनेपछि ओरालो

बिजमाण्डू
२०७८ भदौ २३ गते १५:१४ | Sep 8, 2021
सेयर बजार लगातार घट्न थाल्यो, टेलिफोन वार्तापछि प्रवक्ताले ‘संशोधन हुँदैन’ भनेपछि ओरालो

काठमाडौं। सेयर बजार बुधबार पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्ज सूचक ६०.०२ अंकले घटेर बन्द भएको छ। सूचक २८७६ अंकसम्म तल आएको छ।

Tata
GBIME

बजारमा तरलता अभावसँगै राष्ट्र बैंकको सेयर धितो ऋणमा कडाइले सूचक घटेको छ। आइतबार बजार १०८ अंकले घटेको थियो। सोमबार बिहान अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर सेयर धितो ऋणका बारेमा प्रश्न उठाउँदै छलफल गरेपछि बजार १६१ अंकले बढेको थियो।

तर राष्ट्र बैंकका प्रवक्ताले सोमबारै नीति परिवर्तन नहुने बताएपछि मंगलबारबाट बजार पुनः घटेको हो। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। 

दिनभरीमा ६ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ। २२५ कम्पनीको सेयर कारोबार भएको छ। सबै उपसूचक घटेका छन्। मंगलबार बरु २ वटा उपसूचक घटेका थिए।

सानिमा लाइफको सेयरमा बढेर सर्किट लागेर मूल्य ४९७ रुपैयाँ पुगेको छ। कसैको पनि घटेर सर्किट लागेको छैन। दिनभरीमा सर्वाधिक युनाइटेड मोदी हाइड्रोको ४० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।