बर्षकै सबैभन्दा धेरै एसएलएफ उठाए बैंकले, अभावले एकै दिन २५ अर्ब ३० करोड तरलता प्रयोग

बिजमाण्डू
२०७८ भदौ ९ गते १४:५६ | Aug 25, 2021
बर्षकै सबैभन्दा धेरै एसएलएफ उठाए बैंकले, अभावले एकै दिन २५ अर्ब ३० करोड तरलता प्रयोग

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता चरम अभाव देखिएको छ। बैंकहरुले चालु आर्थिक बर्षकै सर्वाधिक धेरै र अहिलेसम्मकै दोस्रो धेरै तरलता सुविधा प्रयोग गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अनुसार, बैंकहरुले मंगलबार मात्रै २५ अर्ब ३० करोड रुपैयाँ स्थायि तरलता सुविधा (एसएलएफ) चलाएका छन्। यो चालु बर्षकै सबैभन्दा धेरै हो। विगतमा योभन्दा धेरै एक पटक एसएलएफ प्रयोग भएको थियो। गत आर्थिक बर्ष एकै दिन २८ अर्ब २० करोड रुपैयाँ एसएलएफ प्रयोग भएको थियो।

बैंकहरुबीच अन्तर बैंक सापटी पाउन छाडेपछि एसएलएफ प्रयोग हुन्छ। एसएलएफको ब्याज दर ५ प्रतिशत छ। अन्तर बैंक सापटी पाउन छाडेपछि बैकहरुले एसएलएफ चलाएका हुन्।

अन्तर बैंक सापटी पनि उच्चत ४.९ प्रतिशतसम्म पुगेको छ। औषत भने ४.५२ प्रतिशत छ। मंगलबार ८ पटक एसएलएफ प्रयोग भएको छ।