पाँच दिनपछि फेरि एसएलएफ उठाए बैंकले, नयाँ वर्ष लागेपछि साढे ६२ अर्ब रुपैयाँ एसएलएफ प्रयोग

बिजमाण्डू
२०७८ भदौ ४ गते ११:२५ | Aug 20, 2021
पाँच दिनपछि फेरि एसएलएफ उठाए बैंकले, नयाँ वर्ष लागेपछि साढे ६२ अर्ब रुपैयाँ एसएलएफ प्रयोग

काठमाडौं। बैंकहरुले पाँच दिनपछि फेरि महँगो ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) उठाएका छन्। असार ३१ गते १२ अर्ब २० करोड सुविधा उठाएपछि भदौ ३ गते बैंकहरुले सात दिनक लागि फेरि एसएलएफ उठाएका हुन्।

Tata
GBIME
Nepal Life

एसएलएफको ब्याज दर ५ प्रतिशत हुन्छ। अन्तर बैंकमा सापटी पाउन छाडेपछि बैंकहरुले महँगो ब्याजको एसएलएफ लिन बाध्य हुन्छन्।

बिहीबार बैंकहरुले ७ अर्ब रुपैयाँ एसएलएफ उठाएका हुन्। नयाँ आर्थिक वर्ष लागेपछि तरलतामा दबाब छ। नयाँ वर्ष लागेपछि बैंकहरुले कुल ६२ अर्ब ५५ करोड रुपैयाँ एसएलएफ उठाइसकेका छन्। 

पछिल्लो समय उठाएको एसएलएफमध्ये बिहीबारको ७ अर्ब र साउन ३१ गतेको १२ अर्ब २० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ। अरु सबै परिपक्व भइसकेका छन्। २५ पटक एसएलएफ लिइसकेका छन्।

बैंकरले नयाँ आर्थिक वर्ष लागेपछि सरकारी खर्चका लगि तरलता सहज हुने गरेको बताउँछन्। यसपाली भने उल्टो अवस्था देखिएको उनीहरुको अनुमान छ। यही कारण केही बैंकले ब्याज वृद्धि गर्न थालिसकेका छन्।