होटल अन्नपूर्णका कर्मचारी न्यूनतम तलब पाँच हजार पनि नपाएको भन्दै विरोध प्रदर्शनमा

बिजमाण्डू
२०७८ भदौ २ गते २०:२१ | Aug 18, 2021
होटल अन्नपूर्णका कर्मचारी न्यूनतम तलब पाँच हजार पनि नपाएको भन्दै विरोध प्रदर्शनमा

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा विरोध प्रदर्शनमा उत्रिएका थिए।

Tata
GBIME
Nepal Life

उनीहरुले सरकारले कोरोनाकालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापनविरुद्ध चर्का नाराबाजी गरेका थिए।

होटल व्यवस्थापनले होटल संघ नेपाल (हान) सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए। यो होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाको हो।

होटल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत छन्। होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलव समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रर्दशनमा उत्रिनुपरेको उनीहरुले बताए।

होटल व्यवस्थापनले भने सबै कर्मचारीलाई पारिश्रमिक र सुविधा दिएर विदा गरिसकेको जिकिर गरेको छ। कोभिड संक्रमणसँगै होटल बन्द गरेर सबै कर्मचारीलाई विदा गरिएको बताइएको छ।