नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्‍यो, ब्याज दर ८ प्रतिशत, सात वर्षमा परिपक्व हुने

बिजमाण्डू
२०७८ साउन १० गते ०८:४३ | Jul 25, 2021

Tata
GBIME

काठमाडौं। नबिल बैंकले आजबाट ऋणपत्र जारी गरेको छ। बैंकले छिटोमा साउन १३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। ढिलोमा २४ गतेसम्म बिक्री गर्ने छ।

बैंकले ८ प्रतिशत ब्याज दरको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसको परिपक्व अवधि सात वर्षको हुने छ।

यसअघि बैंकले जारी गरेको ऋणपत्र २०८२ सालमा परिपक्व हुँदैछ। यसको ब्याज १० प्रतिशत छ भने कुल २ अर्ब रुपैयाँको जारी गरेको थियो।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नु पर्नेछ। बढीमा सबै खरिद गर्न पाइने छ। 

बैंकले ३ अर्ब रुपैयाँ अर्थात ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्नेछ।