युरोकप विथ फोनलोनको विजेता बने लक्ष्मी बैंकका ग्राहक अशोक, पाए ५५ इन्चको सामसङ स्मार्ट टिभी

बिजमाण्डू
२०७८ साउन ७ गते १४:५१ | Jul 22, 2021
युरोकप विथ फोनलोनको विजेता बने लक्ष्मी बैंकका ग्राहक अशोक, पाए ५५ इन्चको सामसङ स्मार्ट टिभी


Tata
GBIME
Nepal Life

काठमाडौं। फोनलोनले 'युरो कप विथ फोनलोन' क्याम्पेनको विजेता घोषणा गरेको छ। यो क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति बनेका छन्।

उनले सामसङ्ग को ५५ इन्च स्मार्ट टिभी जितेका छन्।

यो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो। फोनलोन सन्जालका लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन पाउँथे।

यो क्याम्पेनमा सहभागी हुन सो अवधिमा फोनलोन मार्फत कर्जा लिनुपर्ने शर्त थियो। विजेता छनौट भने फोनलोनको 'विनर सेलेक्सन सफ्टवेर' द्वारा गरिएको हो।