एचआइडीसीएलको शतप्रतिशत हकप्रद सेयर आजबाट, ११ अर्ब रुपैयाँले चुक्ता पुँजी वृद्धि हुने

बिजमाण्डू
२०७८ साउन ५ गते १३:४० | Jul 20, 2021
एचआइडीसीएलको शतप्रतिशत हकप्रद सेयर आजबाट, ११ अर्ब रुपैयाँले चुक्ता पुँजी वृद्धि हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले आजबाट शतप्रतिशत हकप्रद सेयर वितरण सुरु गरेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। साबिक सेयरधनीले साउन २५ गतेसम्म सेयर भर्न पाउने छन्।

अहिले कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ छ। यसको शतप्रतिशत सेयर दिँदा चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ। यो भनेको देशकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी हो। यसअघि सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमइ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को छ।

२१० रुपैयाँमा सूचीकृत कम्पनीको सेयर घटेर १०९ रुपैयाँसम्म आएको थियो। तीन महिनाअघि २७० रुपैयाँबाट बढ्न थालेको कम्पनीको सेयर मूल्य ५०८ रुपैयाँसम्म पुगेको थियो। अहिले पनि कम्पनीको सेयर मूल्य ४४८ रुपैयाँ छ।

लाभांशमा खासै राम्रो ट्रयाक भने कम्पनीको छैन। पहिलो पटक ५ प्रतिशत नगद दिएको कम्पनीले अर्को वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो। पोहोर १२ प्रतिशत नगद दिएको थियो। यसपाली केही पनि दिएन।