नेपालमा पहिलोपटक सार्वजनिक भयो ‘ब्लेड ब्याट्री’ युक्त हाइ रेन्जको ‘बिवाइडी इ-सिक्स’

बिजमाण्डू
२०७८ साउन ४ गते १६:५३ | Jul 19, 2021
नेपालमा पहिलोपटक सार्वजनिक भयो ‘ब्लेड ब्याट्री’ युक्त हाइ रेन्जको ‘बिवाइडी इ-सिक्स’



काठमाडौं। साइमेक्स इन्कले बिवाइडी इ-सिक्सको नयाँ संस्करण नेपाली बजारमा ल्याएको छ। साइमेक्स चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बिवाइडी 'बिल्ड योर ड्रिम्स' को आधिकारिक बिक्रेता हो।

Tata
GBIME
Nepal Life

ब्लेड ब्याट्रीयुक्त नयाँ विद्युतीय गाडी एक पटकको फुल चार्जमा पाँच सय २२ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। यस अघि बजारमा आएको इ-सिक्समा लिथियम ब्याट्री जडान गरिएको थियो। नयाँ संस्करणमा ७१.७ केडब्लुएच ब्लेड ब्याट्री जडान गरिएको कम्पनीका वरिष्ठ प्रबन्धक साहिल श्रेष्ठले बताए।  

यो गाडी हाइ रेन्जको इभी रहेको कम्पनीको दाबी छ।  'यो गाडीमा प्रयोग गरिएको 'ब्लेड ब्याट्री' लिथियमको तुलनामा भरपर्दो छ। सामान्यतया: इभीमा  ब्याट्री सेल प्रयोग गरिएको हुन्छ। अब बिवाइडी सेल ब्याट्रीबाट ब्लेड ब्याट्रीमा प्रवेश गरिसकेको छ। ब्लेड ब्याट्री लिथियम ब्याट्रीको तुलनामा सुरक्षित र भरपर्दो मानिन्छ,' उनले भने।  

कम्पनीले आठ वर्ष अथवा पाँच लाख किलोमिटर दुरीमा ब्याट्री वारेन्टी दिइएको उनले जानकारी दिए। ब्याट्री वारेन्टी सकिएको अवधिमा पनि ब्याट्री पावर क्षमता ६० प्रतिशत अर्थात तीन सय किलोमिटर क्षमता कायमै हुने उनले बताए।

यस्तो इ-सिक्सको नयाँ संस्करण 
पाँच सिट क्षमता रहेको यो गाडीको लम्बाई चार हजार ६ सय ९५ मिलिमिटर (एमएम), चौडाई एक हजार आठ सय १० एमएम र उचाइ एक हजार ६ सय ७० एमएम रहेको छ। फ्रन्ट व्हिल ड्रनइभ मोड रहेको गाडीमा एसी पर्मानेन्ट म्यागनेट सिंक्रोनोस मोटर जडान गरिएको छ।

गाडीमा ७० किलोवाटको फ्रन्ट मोटर पावर र एक सय ८० एनएम अधिकतम टर्क पावर समावेश गरिएको छ। गाडीमा प्रति घण्टा एक सय ३० किलोमिटर दुरी पार गर्ने क्षमता छ। गाडीको ब्याट्री एसी र डिसी दुवैमा चार्ज गर्न सकिनेछ। घरैमा चार्ज गर्दा यो गाडी १० घण्टामा फुल चार्ज हुन्छ।

गाडीमा चार्जिङ रिजर्भेसन सिस्टम, ब्रेक इनर्जी रिजेनेरेशन सिस्टम लगायत सुविधा जडान गरिएको छ। इलेक्ट्रोनिक पावर स्टेरिङ, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोगाम लगायत कन्ट्रोल सिस्टम रहेको गाडीमा  हिल असिस्ट कन्ट्रोल, हाइड्रिक ब्रेक असिस्ट सिस्टम, ट्र्याक्सा कन्ट्रोल लगायत सुविधा जडान गरिएको छ। कम्पनीका अनुसार यो गाडीको आधिकारीक नेपाली बजार मूल्य ५७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। 

बिवाइडी एम थ्री 
नेपालका लागि विवाइडी एमथ्री बहुउपयोगी गाडी मानिएको छ। यो गाडीमा भएको एक सय ८० एमएमको ग्राउन्ड क्लियरेन्सका कारण हिमालभेगमा पनि सहजै प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो गाडी परीक्षणका लागि यो गाडीले सोलुखुम्बुसम्म को यात्रा गरिसकेको छ। विद्युतीय हाइएस्ट ग्राउण्ड क्लिरेन्स रहेको एमथ्री चालक तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा इन्टरग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम जडान गरिएको छ। यो गाडी सात र पाँच सिट क्षमता लगायत दुईवटा भेरियन्टमा छ।

१८० एनएम उच्च क्षमता भएको इन्टरनल कम्बसन इन्जिनयुक्त गाडीको तुलनामा एम थ्री आर्थिकमैत्री रहेको कम्पनीको दाबी छ। मर्मत संभारमा लाग्ने खर्च, फ्युल सेभिङ, सुरक्षित, पर्यावरण मैत्री लगायत विशेषताका कारण गाडी उपयोगी रहेको श्रेष्ठले बताए।

श्रेष्ठले भने,'नेपालको कन्टेक्सट इन्धनयुक्त गाडीको अपरेशन कस्ट प्रति किलोमिटर सात रुपैयाँसम्म हुन्छ भने एमथ्रीको अपरेशन कस्ट दुई रुपैयाँ प्रति किलोमिटर पर्न आउनेछ।'  उनका अनुसार नेपालमा एक लाख ५० हजार किलोमिटर दुरी पार गरिसकेको बिवाइडी कम्पनीको गाडीमा एक लाख रुपैयाँ भन्दा कम संचालन खर्च भएको देखिएको छ।'

कम्पनीका अनुसार यो गाडीको नेपाली बजार मूल्य ४६ लाख रुपैयाँ रहेको छ। साइमेक्सले हालसम्म ३० ठाउँमा चार्जिङ स्टेशन स्थापना गरिसकेको उनले जानकारी दिए। कम्पनीले निकट भविष्यमा नेपालमै इभी चार्जर आविष्कार गर्ने, ब्याट्री प्याक गर्ने योजना रहेको उनले बताए। उनका अनुसार बिवाइडीले नेपालमै इभी विस्तारका लागि जनशक्ति उत्पादनका लागि तालिम केन्द्र संचालन गरिनेछ।