सुनको मूल्यमा २ सयको बढोत्तरी, पुग्यो प्रतितोला ९२ हजार ८ सय, चाँदीमा झिनो गिरावट  

बिजमाण्डू
२०७८ साउन ४ गते ११:५१ | Jul 19, 2021
सुनको मूल्यमा २ सयको बढोत्तरी, पुग्यो प्रतितोला ९२ हजार ८ सय, चाँदीमा झिनो गिरावट  

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा सोमबार सामान्य घटबढ भएको छ। सुन तोलामा २ सय रुपैयाँ बढेको छ भने चाँदी ५ रूपैयाँ घटेको छ। 

सोमबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि ६ सय रुपैयाँ बढ्दै आइतबार ९२ हजार ६ सय भएको थियो।  गत शुक्रबार सुन प्रतितोला ९३ हजार २ सय थियो। 

सोमबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँ भएको छ। गत बिहीबारका तुलनामा आइतबार २५ रूपैयाँ घट्दा प्रतितोला १२ सय ९५ भएको थियो। शुक्रबार मूल्य स्थिर थियो। 

अन्तर्राष्ट्रिय बजारमा आइतबारका तुलनामा सुनको कारोबार मूल्यमा सामान्य बढोत्तरी भएको छ। आइतबार प्रतिऔंस १८१२.३६ डलर रहेको सुन सोमबार १८१४.७६ डलरमा कारोबार भइरहेको छ।

चाँदीको भने कारोबार मूल्य घटेको छ। आइतबार प्रतिऔंस २५.६७ डलर रहेको चाँदी सोमबार २५.५४ डलरमा कारोबार भइरहेको छ।