नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्युनतम मूल्य १४०

बिजमाण्डू
२०७८ असार ३ गते १५:४० | Jun 17, 2021


काठमाडौं। नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयर लिलाम गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले ९ लाख कित्ता सेयर न्युनतम १४० रुपैयाँका दरले बिक्री गर्ने भएको हो।

न्युनतम एक हजार कित्ता र अधिकतम सबै ९ लाख कित्ताका लागि खरिदकर्ताले आवेदन दिन सक्ने छन्।

असार २ गतेदेखि बिक्री खुला गरिएको संस्थापक सेयरमा असार १६ गते सम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलमा आवेदन दिन सक्ने छन्।