असोजको आम्दानीलाई पनि असार मसान्तमा देखाउन पाउनु पर्ने, राष्ट्र बैंकसँग कुराकानी गर्दै बैंकर

बिजमाण्डू
२०७८ असार ३ गते १२:५४ | Jun 17, 2021

Tata
GBIME

काठमाडौं। असोज मसान्तसम्मको ब्याज आम्दानीलाई असार मसान्तको वासलातमा देखाउने ब्यवस्था गरिदिन बैंकर्सले राष्ट्र बैंकसँग आग्रह गर्ने भएका छन्।

बैंकर्स संघको बिहीबार दिउँसो बसेको कार्य समिति बैठकमा पोहोर जस्तै यसपाली पनि तीन महिना पछाडिको आम्दानीलाई पनि असारमा देखाउन पाउने ब्यवस्था गरिदिन माग गर्ने भएको छ। यो अनौपचारिक छलफलका क्रममा उठेको थियो।

पोहोर कोभिडका कारण राष्ट्र बैंकले यस्तो सुविधा दिएको थियो। यसपाली पनि कोभिडको असर देखिएको र डेढ महिनादेखि निरन्तर निषेधाज्ञा रहेकाले अवस्था प्रतिकुल नै रहेको बैंकरको जिकिर छ।

उनीहरुले औपचारिक निर्णय गरेर राष्ट्र बैंकसँग माग गर्ने छन्। तीन महिना पछाडिको आम्दानीसँगै नोक्सानी ब्यवस्थापन र खराब ऋण अनुपातमा पनि वेभर पाइन्छ। त्यही भएर बैंकरले एक पटक राष्ट्र बैंकसँग कुराकानी गर्ने भएका हुन्।