जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

बिजमाण्डू
२०७८ असार २ गते ११:२२ | Jun 16, 2021
जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने


Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञा खुलेपछिको बजार स्थापित गर्न जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ‘पे नाउ,गो लेटर’ अफर ल्याएको छ।

योजना अन्तर्गत पर्यटकले तीन रातको रुमको मूल्य मात्र चार हजार रुपैयाँमा पाउने होटल संचालक सुमन घिमिरेले बताए। कोभिड-१९ का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको उनले जिकिर गरे। ‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरीनै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौं,’ उनले भने।

उनका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन्। यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ। खरिद गरेको प्याकेज मितिको १ महिना पछि होटलमा आएर बस्न सकिने उनले बताए।

योजना अन्तर्गत खरिद गरेको प्याकेज पर्यटकहरुले चैतसम्म प्रयोग गरिसक्नुपर्ने हुन्छ। योजनामा एक हजार जना सहभागी गराउने घिमिरेले बताए। योजनामा ब्रेकफाष्ट र ग्रुप बुकिङका लागि भने यो योजना लागु नहुने जानकारी उनले दिए। पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ। योजना नेपालमा रहेका एक्सप्याटसहरु पनि सहभागी हुन पाउने उनले बताए।