आइएमई लाइफले आइपीओ जारी गर्ने प्रकृया अगाडि बढायो, साधारणसभाबाट प्रस्ताव अनुमोदन

बिजमाण्डू
२०७८ जेठ ३१ गते १८:०४ | Jun 14, 2021
आइएमई लाइफले आइपीओ जारी गर्ने प्रकृया अगाडि बढायो, साधारणसभाबाट प्रस्ताव अनुमोदन

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले धितोपत्र दर्ता गरी आइपीओ निष्कासन गर्ने निर्णय साधारणसभाबाट पारित गरेको छ। 

सोमबार सम्पन्न भएको कम्पनीको तेस्रो साधारणसभाले विशेष प्रस्ताव पेश गर्दै आइपीओ निष्कासन गर्ने गर्ने निर्णय पारित गरेको हो।

साधारणसभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका प्रस्तावहरु पारित गरेको छ। 

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने भएको छ।