निषेधाज्ञामा पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाए, वर्षभरी ७३१ अर्ब रुपैयाँ ऋण लगानी

बिजमाण्डू
२०७८ जेठ २४ गते १४:४६ | Jun 7, 2021
निषेधाज्ञामा पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाए, वर्षभरी ७३१ अर्ब रुपैयाँ ऋण लगानी

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञायता वाणिज्य बैंकहरुको निक्षेप ४६ अर्बले बढेको छ। निषेधाज्ञामै पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाएका छन्।

वैशाख १६ गतेबाट काठमाडौं उपत्यकालगायत करिब ७५ जिल्लामा निषेधाज्ञा छ। निषेधाज्ञापछि मालपोतलगायतका कार्यालय सबै बन्द छन्। बैंकहरुले पनि काउन्टर बाहेक खोलेका छैनन्। तर, वैदेशिक व्यापारसँग सम्बन्धित ऋण भने रोकिएको छैन।

एक सातामै ऋण ८ अर्बले बढेको छ। निक्षेप भने १२ अर्ब रुपैयाँले बढेको छ। जेठ महिनामा मात्र ऋण १८ अर्ब रुपैयाँले बढेको छ। यो जेठ २१ गतेसम्मको तथ्यांकमा आधारित हो।

बैंकहरुले चालु आर्थिक वर्ष ४ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप उठाएका छन्। तर ऋण भने ७ खर्ब ३१ अर्ब रुपैयाँ दिएका छन्। अहिले बैंकहरुसँग कुल निक्षेप ३९ खर्ब ४८ अर्ब रुपैयाँ छ भने ऋण ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।