सरकारी संस्थानमा जागिर: २८ हजार ३६४ जनालाई काम, पुँजीमा सामान्य वृद्धि, ऋण भने व्यापक

बिजमाण्डू
२०७८ जेठ १४ गते १५:३५ | May 28, 2021
सरकारी संस्थानमा जागिर: २८ हजार ३६४ जनालाई काम, पुँजीमा सामान्य वृद्धि, ऋण भने व्यापक

Tata
GBIME
Nepal Life

काठमाडौं। सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्षरूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध रहेको सरकारले जनाएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०७८ अनुसार, सबैभन्दा बढी जनोपयोगी संस्थानमा १३ हजार ४०४ जना रोजगारीमा छन्। कम व्यापारिक क्षेत्रमा छन्। यसमा १२ सय ७९ जना छन्। 

सञ्चालनमा रहेका ६ संस्थान नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन्। सार्वजनिक संस्थानहरुको चुक्ता पुँजी एक वर्षको अवधिमा ८.९४ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।

पुँजी वृद्धिसँगै ऋण पनि बढेर गएको छ। वर्षदिनमै ऋण २२.३६ प्रतिशतले बढेर ९ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। 

अस्तित्वमा रहेका ४४ संस्थानमध्ये पूर्ण सरकारी स्वामित्वका २३ छन्। ५० प्रतिशतभन्दा बढी सेयर रहेका २१ वटा छन्।