कोकाकोलाले कोभिड-१९ नियन्त्रणमा झन्डै साढे २ करोड खर्चिने, स्वास्थ्य सामाग्री पनि दिने

बिजमाण्डू
२०७८ बैशाख २० गते १७:४७ | May 3, 2021
कोकाकोलाले कोभिड-१९ नियन्त्रणमा झन्डै साढे २ करोड खर्चिने, स्वास्थ्य सामाग्री पनि दिने

Tata
GBIME

 

काठमाडौं। कोकाकोलाले कोभिड-१९ को बढ्दो जोखिमलाई रोक्न आवश्यक खोप सुविधा, स्वास्थ्य सुरक्षा सामाग्री तथा सचेतना कार्यक्रम सञ्चालन गर्न दुई करोड ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेको छ।

कोकाकोलाले स्वास्थ्य सुरक्षा सामग्रीहरु पीपीइ, मास्क, पञ्जा, सेनिटाइजरहरु आदि प्रदान गर्ने जनाएको छ। साथै, खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशैभरी जागरुकता फैलाउने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। 

कोभिड-१९ को महामारी रोकथामका लागि कोकाकोलाले विश्वव्यापी रुपमा एक विशेष 'स्टप द स्प्रेड' कोष खडा गरेको छ। यही कोष सदुपयोग गर्दै कोकाकोलाले नेपालमा पनि सहयोग गर्न लागेको जनाएको छ।