आउँदो आर्थिक वर्षबाट मजदुरको न्युनतम मासिक तलब १५ हजार पुर्‍याउँछौ : प्रधानमन्त्री ओली

बिजमाण्डू
२०७८ बैशाख १८ गते १२:१९ | May 1, 2021

Tata
GBIME

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट मजदुरको न्युनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका छन्।

मजदुर दिवसको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षबाट मजदुरको न्युनतम तलब १५ हजार रुपैयाँ पुर्‍याइने प्रतिवद्धता जनाएका हुन्।

अहिले श्रमिकको न्युनतम मासिक तलब १३ हजार ४५० रुपैयाँ रहेको छ। त्यसैगरी दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँ बाट बढाएर ७७ रुपैयाँ पुर्‍याइने प्रधानमन्त्रीले जनाएका छन्।

अघिल्लोपटक पुनरावलोकन गर्न नसकिएको उल्लेख गर्दै ओलीले यसपटक आउँदो वर्षबाट भने पारिश्रमिक बढ्ने बताएका हुन्।

श्रमिकले समझदारी देखाएकाले पनि यो सम्भव भएको उनको भनाइ थियो। यद्यपि यसपटक उद्योगी व्यवसायीसँग सहमति भने भइनसकेको प्रधानमन्त्री ओलीको भनाइ छ।