स्वच्छ हिमालय कार्यक्रममार्फत् ६ वटा हिमालको सरसफाइमा खुकुरी रमको साथ, सेनासँग साझेदारी

बिजमाण्डू
२०७८ बैशाख १५ गते १५:०१ | Apr 28, 2021
स्वच्छ हिमालय कार्यक्रममार्फत् ६ वटा हिमालको सरसफाइमा खुकुरी रमको साथ, सेनासँग साझेदारी

Tata
GBIME
Nepal Life

काठमाडौं। खुकुरी रमले नेपालका हिमालयहरुको संरक्षण गर्न विश्वकै वृहत्तर हिमालय सफाई अभियानमा संलग्नता जनाएको छ।

खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिज प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २०२१ मा साथ दिने गरी समझदारी गरेको छ।

यो कार्यक्रमले विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धौवलागि, पुमोरी र आमादब्लमको आधार शिविरहरु र त्यसको सेरोफेरोहरुको सरसफाई गर्ने खुकुरी रमले जनाएको छ। 

यो अभियान ११ अप्रिल २०२१ बाट सुरु भएर ५ जुन २०२१ विश्व वातावरण दिवसको दिनसम्म कायम रहने बताइएको छ। सबै ६ वटा हिमालहरुमा फ्याँकिएका करिब ७० हजार किलो उपयोगविहीन उपकरण, भाँडा, पाल तथा क्यानका बोटलहरु संकलन गरी काठमाडौं झिकाउने बताइएको छ। संकलित फोहोरलाई वर्गीकृत गरी व्यवस्थित गरिने छ।