राष्ट्रिय वाणिज्य बैंकको क्यू आर कोड र पिओएस मेशिन प्रहरी अस्पतालमा, नगद बोक्न नपर्ने

बिजमाण्डू
२०७७ चैत्र २६ गते १५:५२ | Apr 8, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पतालमा क्यू आर कोड र पिओएस मेशिनको सुविधा उपलब्ध गराएको छ। 

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक तथा नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर आशा सिंहलाघ उक्त मेशिन हस्तान्तरण गरेका हुन्।

प्रहरी अस्पतालमा उपचार गर्न जाने सेवाग्राहीहरुलाई नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यू आर र पिओएस मेशिनबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पताललाई सहयोग गरेकोमा आभार प्रकट गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वास्थ्य उपचारका लागि सेवाग्राहीले नगद बोकेर हिड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुका साथै सर्वसाधारणको उपचार गर्ने गर्छ।