प्रति मेगावाट लागत १३ करोड मात्रै रहेको सोलुखोला जलविद्युतको एक करोड कित्ता आइपीओ आउँदै





कामाण्डौ। ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको साहास ऊर्जाको एक करोड पाँच लाख कित्ता आइपीओ आउने भएको छ।

कम्पनीले आइपओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ। धितोपत्र बोर्डका अनुसार  चैत २४ गतेबाट संस्थाको सेयर निष्कासन सम्बन्धि निवेदन प्रकृयामा गएको छ। 

एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर निष्कासन हुने प्रकृयामा गएको बोर्डले जनाएको छ।
संङखुवासभामा निर्माण भइरहेको ८६ मेगावट क्षमताको उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

TATA
Safety
TVS

यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ। वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ।

जसबाट आयोजनाले वर्षायाममा एक अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक  दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत बिक्रि गर्ने छ।

प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ। आयोजनाले इक्रा एनपी बीबी+ रेटिङ पाएको छ। यसले अर्थ कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न सक्छ भन्ने हो।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहेको आयोजनाले स्वपूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारण र स्थानीय प्रभावितलाई बितरण गर्ने जनाएको छ। बाँकि ७० प्रतिशत सेयर संस्थापक समुहले लिएका छन्। आयोजनामा आठ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन ऋण लगानी भएको छ।

आयोजनाको संस्थापक सेयर धनीतर्फ महेन्द्रकुमार गिरी २.२९ प्रतिशत, शुसिल थापा २.११ प्रतिशत, अनुपमा थापा २.०४ प्रतिशत र हिम पाठक १.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ।

आयोजनाको निर्माण करिब ७० प्रतिशत सकिएको छ। सुरुङमार्गतर्फ भने ८५ प्रतिशत निर्माण सकिएको आयोजनाका सञ्चालक हिम पाठकले जानकारी दिए।

सोलु करिडोर प्रसारण लाइन समयमै निर्माण नहुँदा आयोजनाको निर्माण सम्पन्न हुने कार्यतालिका पनि प्रभावित भएको आयोजनाले जनाएको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell