सिएनआई र इयु राजदूतबीच भेट, भारतको उदाहरण दिँदै निकासीमा भन्सारमुक्त बनाउन आग्रह

बिजमाण्डू
२०७७ चैत्र २५ गते १८:३७ | Apr 7, 2021
सिएनआई र इयु राजदूतबीच भेट, भारतको उदाहरण दिँदै निकासीमा भन्सारमुक्त बनाउन आग्रह

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच द्विपक्षीय सम्बन्ध र व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको छ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताए। उनले स्वदेशी वस्तुको उपभोग बढाउन “मेक इन नेपाल–स्वदेशी”अभियानलाई ल्याएको बताए। अध्यक्ष मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पुर्यादएको बताए। उनले भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्क मुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यस तर्फ सहयोग पु¥याउन राजदूत डेप्रेजलाई आग्रह गरे।

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने बताए। परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चको रुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताए।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले इयुको सहयोगमा निजी क्षेत्रको सहभागितामा श्रम बजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडि बढाएको बताए। राजदूत डेप्रेजले युरोपियन युनियनले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीतिनिर्माणमा सहयोग पुर्‍याउन इच्छुक रहेको बताईन्।