कुमारी बैंकले २०औं वार्षिकोत्सव सामाजिक कार्यक्रम गरेर मनायो

बिजमाण्डू
२०७७ चैत्र २५ गते १७:५९ | Apr 7, 2021

Tata
GBIME

काठमाडौं। कुमारी बैंकले आफ्नो २० औं वार्षिकोत्सवको देशभर रहेका शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ। बैंकको प्रदेश २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ।

बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेकोे छ। राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेकोे बैंकले जनाएको छ।

१५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ गरेको छ।